२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

झापा । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको एम्बुलेन्स बिग्रिएर थन्किएको छ । अस्पतालद्वारा सञ्चालित दुई वटै एम्बुलेन्स एक वर्षअघि देखि बिग्रिएर थन्किएका हुन् । लामो समयदेखि एम्बुलेन्स सेवा अवरुद्ध हुँदा दूरदराजका बिरामी मारमा परेका छन् ।

नेपाल–भारत मैत्री सङ्घमार्फत् प्राप्त विसं २०५४ र २०६४ मा एक÷एक गरी मेची अस्पतालमार्फत् दुई एम्बुलेन्स सञ्चालित थिए । एउटा करिब आठ वर्षअघि र एउटा एक वर्षअघि बिग्रिएर थन्किएको छ । बिग्रएका ती एम्बुलेन्स बनाउने अवस्थासमेत नरहेको अस्पताल प्रशासनका सूचना अधिकारी मनोज पोखरेलले बताउनुभयो । “एम्बुलेन्स बनाउने कण्डिसन नै छैन”, उहाँले भन्नुभयो, “त्यसैले मर्मत गरिएको छैन ।”

Vivo Y28

अस्पतालको एम्बुलेन्स बिग्रिए पनि एम्बुलेन्स चालकले भने तलब बुझिरहेको अस्पताल स्रोतले जनाएको छ । सँगै एम्बुलेन्स बिग्रिए पनि सोको व्यवस्थापनका लागि व्यवस्थापन समिति, अस्पताल प्रशासन र स्थानीय सरकार कहीँकतैबाट पहल नभएको अस्पतालका कर्मचारी बताउँछन् । प्रदेश नं १ सरकारले अस्पताललाई एउटा एम्बुलेन्स र एउटा शववाहन दिने जनाए पनि सो लिनका लागिसमेत पहल नगरिएको अस्पताल स्रोतको भनाइ छ ।

मेची अस्पताल सरकारीस्तरबाट सञ्चालित तत्कालीन मेची अञ्चलकै ठूलो अस्पताल हो । मुलुक सङ्घीय संरचना गएपछि यसलाई प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति गरिएको छ ।

प्रदेश र सङ्घीय सरकारले अस्पताललाई सुविधा सम्पन्न बनाउन उपकरण र भौतिक संरचरना निर्माणका लागि अनुदान दिँदै आएको छ । भद्रपुरमा सरकारी÷संस्थागत रुपमा भद्रपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा शाखाका एक÷एक एम्बुलेन्स सञ्चालनमा रहेको नेपाल रेडक्रस सोसाइटी उप शाखा भद्रपुरका सभापति गोपाल गिरीले बताउनुभयो ।

“केही एम्बुलेन्स निजी रुपमा समेत सञ्चालित छन्”, उहाँले भन्नुभयो, “सरकारले भाडादर निर्धारण गरे पनि एक रुपता छैन ।” प्रभावकारी रुपमा अनुगमन नहुँदा एम्बुलेन्स जस्तो संवेदनशील क्षेत्रमा समेत धेरै विकृति बढेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।