२०८१ आश्विन ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले खेलाडी राष्ट्रका गहना भएको उल्लेख गर्दै खेलाडीको उत्साह र खेल क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

उनले वर्तमान तथा पूर्वखेलाडी, अफिसियल, व्यवस्थापक, पूर्व र वर्तमान प्रशिक्षकको संरक्षणमा सरकारले विशेष ध्यान दिने बताउनुभयो । खेलले व्यक्तिलाई अनुशासित र स्वस्थ बनाउने मात्र नभई देशलाई नै अन्तर्राष्ट्रिस्तरमा चिनाउन काम गरेको गृहमन्त्री खाणले बताउनुभयो । “खेल क्षेत्रको विकासबाट मुलुकको समग्र विकास गर्न सकिन्छ”, मन्त्री खाणले युवा सङ्घ नेपाल सिद्धार्थनगरले भैरहवामा आज आयोजना गरेको कार्यक्रममा भन्नुभयो, “पाँच दलीय गठबन्धन पनि खेल क्षेत्रको विकासमा प्रतिबद्ध छ ।”

Vivo Y28

निर्वाचनपछि पनि पाँच दलीय गठबन्धनको सरकार बन्ने उहाँको दाबी थियो । “पाँच दलीय गठबन्धनको सरकारले खेल र खेलाडीको सम्मान गर्छ’, उहाँले भन्नुभयो, “निर्वाचनपछि पनि पाँच दलीय गठबन्धनकै सरकार बन्छ । त्यसपछि खेलाडी, खेल क्षेत्र बुझेका व्यक्तिसँग बसेर छलफल गरी खेल क्षेत्र र खेलाडीको विकासका लागि दीर्घकालीन योजना बनाउँछौँ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।