२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

जनकपुरधाम : महोत्तरीको क्षेत्र नं. १ (ख) का स्वतन्त्र उम्मेदवार विष्णुबहादुर योञ्जन डेढ लाख नगदसहित पक्राउ परेका छन्। उनी चढेको गाडीमा  डेढ लाख नगद फेला परेपछि उनलाई पक्राउ गरिएको हो।

महोत्तरी बर्दिवास नगरपालिका ११ खयरमारा स्थित पाँचे टोलबाट स्वतन्त्र उम्मेदवार योन्जन चढेको गाडीबाट प्रहरीले डेढ लाख रुपैयाँ बरामद गरेको छ।

Vivo Y28

उम्मेदवार योन्जनले आचारसंहिता विपरीत मतदातालाई प्रलोभनमा पार्ने हिसाबले पैसा बोकेर हिँडेको पाइएपछि उनलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनिले जानकारी दिए।

शुक्रबार साँझ पाँचे टोलमा पुगेका योन्जनको गाडीबाट रकम फेला पारी बरामद गरिएको महोत्तरी प्रहरीले जनाएको छ।

बा १४ च ८८७४ नम्बरको स्कार्पियोमा अन्य व्यक्तिहरूलाई लिएर हिँडेका योन्जनसहितका व्यक्तिलाई प्रहरीले पक्राउ गरिएको छ।

पाँचे टोलका स्थानीयको घरमा गएर कुरा गर्दै मतदातालाई प्रलोभन पार्न प्रयास गरिरहेको सूचनाका आधारमा खानतलासी गर्दा स्वतन्त्र उम्मेदवार योन्जनबाट उक्त रकम फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।