२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

३ मंसिर, वीरगञ्ज । आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि मतगणनाका लागि पर्सामा मतगणनास्थल तयार भएको छ । ४ वटा प्रतिनिधि सभा र ८ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको पर्सामा २ ठाउँमा मतगणना गर्न लागिएको छ ।

पर्सा निर्वाचन क्षेत्र नं १ र २ को मतगणना वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा गर्नेगरी तयारी गरिएको छ भने क्षेत्र नं ३ र ४ को मतगणना पोखरिया नगरपालिका–४ मा रहेको जिल्ला उचाङ्गल रामदेव कलवार नमुना प्राविधिक विद्यालयमा हुनेछ ।

Vivo Y28

सुरुमा प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरुको मतगणना गरिनेछ । तसर्थ हरेक क्षेत्रका लागि ३ वटा कोठा तयार पारेर मत गणना गर्नेगरी तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ठाकुरराम बहुमुखी क्याम्पसमा मतगणना गर्नका लागि ८ वटा कोठा तयार पारिएको छ । मतगणना स्थलमा तारजाली लगाउनुको साथै सीसीटीभी क्यामेरा समेत जडान गरिएको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए ।

‘सुरक्षाका लागि मतपेटिका भण्डारण कक्षमा समेत सीसीटीभी क्यामेरा जडान गरेका छौं । मतगणना गर्ने कोठामा तारजाली पनि लगाएका छौं’, उनले भने ‘मतगणनाका लागि आवश्यक पर्ने पूर्वतयारी भइसकेको छ ।’

मतगणना स्थल तयार पार्नका लागि मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा शुक्रबारदेखि नै टोली खटिएको थियो । क्याम्पसको कक्षा कोठामा रहेको डेस्क बेञ्च हटाउने, सरसफाइ गर्ने, सीसीटीभी क्यामेरा जडान गर्ने र तारजाली लगाउने कार्य मतगणना स्थलमा गरिएको छ ।

पर्सा क्षेत्र नं ३ र ४ को मतगणना हुने स्थल पोखरिया स्कुलमा पनि मतगणना स्थल तयारीको काम अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । । पोखरियामा दुईवटा क्षेत्रको छुट्टाछुट्टै भवनमा मतगणना गर्न लागिएको छ ।

मतगणना स्थलको ९० प्रतिशत तयारी पूरा भएको निर्वाचन क्षेत्र नं ३ का निर्वाचन अधिकृत योगनाथ ढकालले बताए । ‘मतगणना स्थलमा तारजाली ठोकियो, क्यामेरा जोडियो । ९० प्रतिशत तयारी सक्किसकेको छ’, उनले भने, ‘जनशक्ति र अन्य आवश्यक कुरालाई हेरेर मत गणना स्थल थप पनि गर्न सकिन्छ ।’

बारामा चार ठाउँमा मतगणना गरिने

बाराको चारवटै निर्वाचन क्षेत्रको मतगणना छुट्टाछुट्टै चार ठाउँमा हुने भएको छ । क्षेत्र नम्बर–१ को मतगणना कोल्हबी स्थित नगरपालिकाको सभा हल र क्षेत्र नम्बर–२ को बरियारपुरस्थित गढीमाइ महेन्द्र उच्चमाविमा हुने मुख्य निर्वाचन अधिकृत पुर्णेश्वर उपाध्यायले जानकारी दिए ।

क्षेत्र नम्बर–३ को मतगणना कलैया–३ गंगापुरस्थित शैक्षिक तालिम केन्द्र र क्षेत्र नम्बर–४ को मतगणना सिमरा स्थित नेपाल राष्ट्रिय उच्च माविमा हुनेछ ।

मतगणना स्थलमा सीसीटीभी क्यामरा जडान गर्नुको साथै आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । मतदान सकिएपछि मतपेटिकाहरु संकलन गर्ने र उम्मेदवारहरुसंग छलफल गरेर सोही दिनदेखि नै मतगणना सुरु गर्ने गरी तयारी गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।