२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

सवारी चालक अनुमति पत्र पाउन ट्रायलमा  ७० अंक ल्याए हुने नयाँ नियम बागमती प्रदेशमा लागू भएको छ। योसँगै अब कम्तीमा ७० अंक ल्याए ट्रायल पास भएको मानिनेछ।

ट्रायल प्रणालीमा नयाँ नियम लागू भएसँगै अब कुन खण्ड पार गर्दा कति अंक प्राप्त हुन्छ भन्ने धेरैमा जिज्ञासा छ। तर नयाँ नियममा कुनै पनि खण्डलाई अंक छुट्याइएको छैन।

Vivo Y28

भनेपछि अब कसरी ल्याउने त ७० अंक?

यातायात व्यवस्था कार्यालयका अनुसार नयाँ नियममा नेगेटिभ मार्किङको व्यवस्था गरिएको छ। त्यो भनेको गल्ती गर्दा नम्बर काटिने हो। जस्तो कि तपाईंले ट्रायल दिँदा सुरूको आठ आकारमा गल्ती गर्नुभयो भने त्यहाँ तपाईंको निश्चित अंक काटिने छ।

यसरी अंक काटिँदै जाँदा तपाईंको ३० अंकभन्दा बढी काटियो भने तपाईं ट्रायलमा फेल भएको मानिने छ। नयाँ नियमअनुसार अब तपाईं ट्रायलमा पास हुनलाई ३० अंकभन्दा बढी काटिने गरी गल्ती गर्नु हुँदैन।

-Setopati

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।