२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौँ — मिटरब्याजबाट पीडित आन्दोलनकारीहरूले सोमबार काठमाडौंको खुलामञ्च अगाडि प्रदर्शन गरिरहेका छन् । खुलामञ्चभित्र प्रवेश गर्न खोजेका उनीहरूलाई प्रहरीले रोक्ने क्रममा दिउँसो केही बेर धकेलाधकेल भएको थियो ।
प्रहरीले खुलामञ्चमा प्रवेश गर्न नदिएपछि सयौंको संख्यामा रहेका उनीहरूले खुलामञ्चको गेटमै नाराबाजी गरिरहेका छन् । पीडितहरूले ‘मिटरब्याजीलाई कारबाही गर’, ‘सहुलियत दरमा ऋणको व्यवस्था गर’, ‘तमसुक व्यवस्था खारेज गर’, ‘मिटरब्याजविरुद्ध कानुन निर्माण गर’ लगायतका नारा लगाएका छन् ।
प्रदर्शनमा सहभागी अधिकांश पीडितहरू बर्दिबासदेखि ११ दिनको पैदलयात्रा तय गरेर आइतबार काठमाडौं उपत्यका प्रवेश गरेका थिए । यसअघिका आन्दोलनमा सरकारले आफूसँग गरेका सम्झौता पालना नगरेको भन्दै प्रधानमन्त्री समक्ष आफ्ना माग फेरि सुनाउन भन्दै उनीहरू बर्दिबासदेखि पैदल यात्रा गरेर काठमाडौं आएका हुन् ।

Vivo Y28

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।