२०८१ आश्विन ५ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

बारामा माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्र बाहिरिएको छ । एसईई परिक्षाको आज पहिलो दिन अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको हो ।

जिल्लाको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयस्थित परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएको बुझिएको छ । परीक्षा सुरु भएको १५ मिनेटभित्रै प्रश्नपत्र बाहिरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

Vivo Y28

परीक्षा केन्द्रका केन्द्राध्यक्षको व्यवस्थापनको कमीले प्रश्नपत्र बाहिरिएको बताइएको छ । प्रश्नपत्रको तस्विर अहिले समाजसञ्जालमा समेत राखिएको छ ।

प्रश्नपत्र बाहिर ल्याएको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा समेत लिएको छ । महेन्द्र आदर्श जयनगर च्यूटाँहा स्कूलबाटै एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।

मोबाइलमा ह्वाट्सएपमा मार्फत पक्राउ परेका व्यक्तिले प्रश्नपत्र बाहिर ल्याएको व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको सापकोटाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।