२०८० फाल्गुन १० | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode
एसीसी मेन्स प्रिमियर कपमा नेपाल समूह ‘ए’ काे विजेता बनेकाे छ । आज बिहीवार भएकाे खेलमा कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेकाे हाे ।
नेपालले दिएकाे १ सय ५८ रनकाे मध्यम लक्ष्य पछ्याएकाे कतार २५ ओभर १ बलमा ८९ रन बनाउँदा अलआउट भयाे । कतारका जहीर इब्राहिम र खुर्रम शहजादले समान १५/१५ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ५, साेमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए ।
यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे नेपाल ४० ओभर ३ बलमा १ सय ५७ रनमा अलआउट भयाे । नेपालका स्पिनर सन्दीप लामिछानेले सर्वाधिक नटआउट ४२ रन बनाए । यस्तै कप्तान राेहित पाैडेलले २७ रन बनाए । कतारका आमिर फरूकले ४ र ओइस अहमदले ३ विकेट लिए ।
नेपाल ४ खेलमा ७ अङ्कसहित समूह विजेता बनेकाे हाे । नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेकाे थियाे । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेट, दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएकाे थियाे भने तेस्राे खेलमा वर्षाका कारण अङ्क बाँडेको थियो । यही समूहबाट ओमानले पनि सेमिफाइनलमा स्थान बनाएकाे थियाे ।
यस्तै समूह ‘बी’ बाट यूएई सेमिफाइनल पुगिसकेकाे छ । अहिले भइरहेकाे हङकङ र कुवेतबीचकाे खेलकाे विजेता याे समूहबाट सेमिफाइनलमा पुग्ने अर्काे टाेली बन्नेछ ।
प्रतियोगिताकाे पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ । यस्तै दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ ।
सेमिफाइनल शनिवार हुनेछ । यस्तै फाइनल सोमवार हुनेछ । प्रतियोगिताकाे विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । .

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।