२०८१ कार्तिक २४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारूढ गठबन्धन दलको बैठक बोलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाइएको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले बताएका छन् ।

Vivo Y28

‘नीति तथा कार्यक्रम नै आजको छलफलको मुख्य विषय हो,’ उनले सेतोपाटीसँग भने, ‘त्यसका अतिरिक्त मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा पनि कुराकानी हुनेछ।’

यस्तै, गठबन्धनमा रहे पनि सरकारमा सहभागी नभएका दललाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल हुने उनले बताए।

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा सहभागी गराउनेबारे प्रधानमन्त्री प्रचण्ड छलफलमा छन्। उनले केही दिनअघि रास्वपा सभापति रवि लामिछानेलाई सरकारमा आउन औपचारिक प्रस्ताव गरिसकेका छन्। त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवा र लामिछानेबीच पनि मंगलबार भेटवार्ता भएको छ।
सरकारमा जाने, नजानेबारे छलफल गर्न रास्वपाले शुक्रबार पार्टी केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक बस्दैछ।-Setopati

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।