२०८१ आश्विन ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा बारा जिल्लाका दुई युवाले ज्यान गुमाएका छन् ।

जिल्लाको भिमफेदी गाउँपालिका-६ जुरिखेतमा बागमती प्रदेश ०२-०२० प ४२३७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी उनीहरुको मृत्यु भएको हो ।

Vivo Y28

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता (डिएसपी) टेकबहादुर कार्कीकाअनुसार बुधबार साँझ काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको अवस्थामा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना भएको थियो ।

दुर्घटनामा परी बाराको प्रसौनी गाउँपालिका – ५ निवासी २५ वर्षीय लालबाबु सहनी र २० वर्षीय रवीन्द्र मण्डलको मृत्यु भएको छ । मृतक दुबैजनाको शव हेटौँडा अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।