काठमाडौं । मौसम खराबका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट हुने उडान प्रभावित भएको छ ।
दिल्लीबाट आउँदै गरेको भिस्तारा एयरलाइन्स र नेपाल एयरलाईन्स त्यस्तै कतारको दोहाबाट आउँदै गरेको कतार एयरवेज होल्ड गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनु भयो ।
आन्तरिक उडानतर्फ विराटनगर र राजविराजबाट उडेका बुद्ध एयरका दुईवटा जहाज जनकपुर डाइभर्ट गरिएको छ । अन्य उडान पनि प्रभावित भएको छ ।