काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा अन्तरिम क्षतिपूर्ति माग गर्दै दायर गरिएको रिटमा काठमाडौँ जिल्ला अदालतले पीडित पक्षसँग बिल भर्पाई माग गरेको छ।
वैशाख२४ तय भएको अन्तिम पेसीमा जाहेरी पक्षले अन्तरिम क्षतिपूर्ति माग गर्दै अर्को निवेदन हालेपछि स्थगित गरिएको थियो। पीडित गौशाला २६ ले अन्तरिम क्षतिपूर्ति दिलाई भराई पाऊँ भन्दै ४ वैशाखमा जिल्ला अदालत काठमाडौँमा निवेदन दर्ता गरेका थिए। त्यसपछि अन्तिम पेशी स्थगित भएको थियो।