२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले श्रीमतीको हत्या गरी फरार रहेका एक अभियुक्तलाई चार महिनापछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको सुनछहरी गाउँपालिका–६ फगाम घर भएका ३९ वर्षीय गर्भे विक रहेको प्रहरीले जनाएको छ ।

निजले आफ्नी श्रीमती २६ वर्षीया केशु विकलाई गत फागुन २० गते हत्या गरी कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटास्थित प्रयोगमा नआएको गाडीको रिफ्रेस सेन्टर भवनको सेफ्टी ट्याङ्कीमा फ्याँकी गर्भे फरार रहेका थिए ।

Vivo Y28

श्रीमतीको हत्या गरी फरार रहेका विकलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले काठमाडौँको चन्द्रागिरी नगरपालिका–१०, सतुङ्गलबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई आवश्यक कानुनी कारबाहीका लागि आज वडा प्रहरी कार्यालय चन्द्रौटा, कपिलवस्तु पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।