
काठमाडौं । मन्त्रीपरिषद बैठक सम्पन्न भएको छ । बैठकले आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम पारित गरेको छ ।
शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो ।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नेछन् । त्यसका लागि संसद बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ ।