२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । नेकपा एमाले का सांसद एकनाथ ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका भारतीय सुरक्षाकर्मीलाई हटाउन पहल गर्न सरकारसँग माग गरेका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका छन् । नेपाली भूमिमा भारतले सुरक्षाकर्मी राखेर हवाइ यात्रुको खानतलासी गर्ने गरेको सांसद ढकालले बताए ।

Vivo Y28

उनले हवाई यात्रुलाई नेपाली सुरक्षा निकाय र विमानस्थल प्रशासनले सुरक्षा पास गरेपछि पनि एयर इन्डियामा जानु पहिले भारतीय सुरक्षाकर्मीले शरीरको खानतलासी गर्ने गरेको बताएका छन् ।

‘केही हप्ता अगाडि छिमेकी मित्रराष्ट्र भारतको अयोध्यामा आयोजित एक कार्यक्रममा भाग लिन जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सुरक्षाकर्मीको सबै सुरक्षा पास गरेर एयर इन्डियामा चढ्नभन्दा अगाडि भारतीय सुरक्षाकर्मीहरूबाट शरीरको खानतलासी गर्ने काम भयो ।
सर्वसाधारणबाट मात्रै भएन नेपाली कूटनीतिज्ञको लागि पनि भयो । सार्वभौमसम्पन्न राष्ट्रको लागि यो कति स्वाभाविक विषय हो ? प्रधानमन्त्री भारत भ्रमण गर्न जाँदै हुनुहुन्छ, नेपालको अन्तर्राष्ट्रिय एयरपोर्टबाट भारतीय सुरक्षाकर्मीलाई हटाउनका लागि म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।