काठमाडौं । हेटौँडामा यात्रुबाहक बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मनहरि–७ का ६० वर्षीया मनमाया स्याक्तान रहेको प्रहरीले जनाएको छ । मकवानपुरको मनहरि गाउँपालिका–६ नयाँ बस्तीस्थित पूर्व–पश्चिम सडक खण्डमा गौरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ख १७४० नं को यात्रुबाहक बसले पैदलयात्रुलाई ठक्कर दिएको जिल्लाप्रहरी कार्यालय मकवानपुरक प्रहरी डिएसपी टेकबहादुर कार्कीले बताए ।
बसको ठक्करबाट गम्भीर घाइते हुनुभएकी स्याक्तानलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । अस्पताल आइपुग्नासाथ डाक्टरले मृत घोषण गरेका थिए । बस चालक इलाका प्रहरी कार्यालय खैरहनी चितवनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।