बारा । बारामा मोटरसाइकलको ठक्कर बाट पैदलयात्रुको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका ६ स्थित सडकमा बाटो काट्ने क्रममा बा८५प ७६०९ नम्बरको मोटरसाइकलको ठक्कर बाट बुधबार दिउँसो मृत्यु भएको हो ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका २३ का ६४ वर्षीय देउकी साह रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले बताए ।
मोटरसाइकलको ठक्करबाट गम्भिर घाईते साहलाई उपचारका लागि काठमाण्डौ लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रवक्ता पाण्डेले बताए । पाण्डेका अनुसार साहलाई न्युरो अस्पतालबाट थप उपचारका लागि काठमाण्डौ लैजान लागिएको थियो ।
दुर्घटनामा परी मोटरसाइकल चालक १८ वर्षीय अफरोज मंसुरी समेत घाईते भएका छन् । उनको गण्डक अस्पतालमा उपचार भईरहेको प्रहरी प्रवक्ता पाण्डेले बताए ।