काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मुलुकमा गणतन्त्र आएको डेढ दशकमा थुप्रै चुनौती बढे पनि गणतन्त्रको विकल्प गणतन्त्र नै हुने बताएका छन् ।
गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उहाँले देश परम्परा शासन व्यवस्थाभन्दा धेरै अगाडि बढिसकेकाले लोकहित र जनताका अपेक्षाका कसीमा खरो उत्रन आफूहरु कटिबद्ध रहेको बताए ।
उनले हामी अगाडि बढिसकेका छौँ, अब जनताका अपेक्षाका कसीमा खरो उत्रन जरुरी छ । त्यसमा कटिवद्ध छौँ भन्दै मुख्यमन्त्री यादवले गणतन्त्र दिवसका अवसरमा मधेश प्रदेश र समस्त देशवासीमा शुभकामना व्यक्त गर्नुभएको छ ।