काठमाडौं । नेपाली कांग्रेसले डडेलधुरा जान लागेकी कांग्रेस नेतृ तथा परराष्ट्रमन्त्री डा आरजु राणा देउवको स्वागतका लागि उपस्थित हुने उर्दी जारी गरेको छ ।
डडेलधुरा जिल्ला कार्यसमितिले एक सूचना जारी गर्दै फूलमालासहित डडेल्धुरा बसपार्कमा जम्मा हुन उर्दी जारी गरेको हो ।
पार्टीका जिल्ला सभापति भीमबहादुर साउँदले सूचना जारी गर्दै परराष्ट्र मन्त्री राणा कात्तिक ३० गते आउँदा डडेल्धुरा बसपार्कमा फूलमालासहित उपस्थित रहन नेता, कार्यकर्ताहरूलाई आग्रह गरेका हुन ।
सूचना