पर्सा । वीरगन्ज कारागारबाट गणतन्त्र दिवसको अवसरमा १९ जना कैदीबन्दी रिहा भएका छन्।
विभिन्न अपराधमा दोषी ठहर भई कैद सजाय भुक्तानी गरिरहेका १९ जनाले असल चालचलनको आधारमा बाँकी सजाय माफी पाएका हुन् ।
१६औँ गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले देशभरका विभिन्न कारागारमा रहेकामध्ये ५०१ कैदीको सजाय माफी दिएका छन्।