काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिएका छन्।
प्रधानमन्त्री आज भारत भ्रमणमा जाने भएकोले उप-प्रधानमन्त्री समेत रहेका खड्का लाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन । प्रधानमन्त्री दाहाल जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ।
प्रधानमन्त्री दाहालले आफू विदेशमा रहुन्जेलका लागि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई दिएका हुन्।
प्रधानमन्त्री स्वदेश नआउँदासम्म खड्काले दैनिक प्रशासनिक कामहरू गर्नेछन्।