२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । संस्कृति तथा नागरिक पर्यटनमन्त्री सुदन किरातीले नेपाल वायु सेवा निगमका कर्मचारीलाई कारबाहीस्वरूप काठमाडौंबाट ताप्लेजुङ सरुवा गरिदिएका छन्।

नागरिकलाई लाई दु:ख दिएको भन्दै एक कर्मचारीलाई कार्वाही स्वरुप ताप्लेजुङ सरुवा गरिएको सामाजिक संजाल मार्फत जानकारी दिएका छन् ।

Vivo Y28

गत जेठ १७ बोर्डिङ पास भइसकेका कर्मचारीलाई सिस्टममा नाम नभएको भन्दै घर फर्काएका विमानस्थल युनिट इन्चार्ज गगनबहादुर चन्दलाई सोधपुछ गरिएको थियो। तर, चन्दले चित्तबुझ्दो जवाफ नदिएको भन्दै मन्त्री किरातीले कारबाहीस्वरूप ताप्लेजुङ सरुवा गरी थप अनुसन्धान जारी रहेको सामाजिक सञ्जालमार्फत बताए ।

‘जेठ १७ काठमाडौंबाट ताप्लेजुङ उडानका लागि नेपाल वायुसेवा निगमको टिकट काटी बोर्डिङ पाससमेत लिएर विमानस्थलभित्र जहाजको ढोकामा पुगेका वृद्ध ठाकुरसिंह भण्डारीलाई विमानस्थलबाट सिस्टममा नाम नभएको भनी घर फर्काइएको घटनापछि यस बारेमा गुनासो आएकोले निगमका सम्बन्धित कर्मचारी गगनबहादुर चन्द युनिट इन्चार्जलाई सोधपुछ गर्दा चित्तबुझ्दो जवाफ नआएको हुँदा निजलाई कारबाहीस्वरूप काठमाडौंबाट ताप्लेजुङ विमानस्थलमा सरुवा गरी थप अनुसन्धान जारी छ’, उनले लेखेका  छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।