काठमाडौं । कैलालीमा प्रहरीले लागुुऔषधसहित दुुई जनालाई पक्राउ गरेको छ ।प्रहरिका अनुसार पक्राउ पर्नेमा कैलाली नगरपालिका–५ बस्ने १७ वर्षीय साजन जहेरु र जानकी गाउँपालिका–९ पुर्वीखैरीफाँटा बस्ने २५ वर्षीय सागर कडारा रहेका छन् ।
उनिहरुको साथबाट एक किलो ४३० मिलिग्राम लागुऔषध खैरोहेरोइन बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । धनगढी र खक्रौलाबाट लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।