२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । गएको १५ वर्षमा भारतमा १० रेलमन्त्री परिवर्तन भए । तर, रेल दुर्घटनाका भयानक नक्सा परिवर्तन हुन सकेन । रेलमन्त्रीदेखि सम्बन्धित निकायका उच्च अधिकारी हरेक पटक रेल दुर्घटनामा ‘शून्य सहनशिलता’ अपनाउने दाबी गर्छन् । गएको दुई दशकमा रेल दुर्घटना रोक्न अनेक तरिका बारे निश्चित रुपमा बहस भए । तर, दुर्घटना रोक्ने तरिकाको पखाईमा भारत आजसम्म पनि छ, जसले दुर्घटनाको नक्सा बदल्न सकोस् ।
रेल मन्त्री अश्विनी वैष्णव सन् ०२२ को मेमा सिकन्दरवाद नजिकै ‘कवच’ को अभ्यासमा आफै सहभागि भएका थिए । त्यसबेला उनले भनेका थिए,‘भारतीय रेल दुर्घटना रोक्न ‘कवच’ महत्वपूर्ण र सस्तो तरिका हो ।’ रेलमन्त्री वैष्णव आफै रेलको इन्जिनमा सवार भएर अभ्यासको भिडियो बनाएका थिए ।

के हो ‘कवच’
‘कवच’ एउटा यस्तो स्वदेशी तरिका हो जसलाई भारतको हरेक व्यस्त रेल रुटमा प्रयोग गरिनेछ ताकी जसले रेल दुर्घटना रोक्न सकोस् । तर, यी सबै कार्यको ववजुद पनि रेल दुर्घटना रोकिन सकेको छैन । रेलमन्त्री वैष्णवको दावी विपरित शुक्रवार साँझ ओडिशामा भारतीय रेल इतिहासकै सबैभन्दा भयानक दुर्घटना भयो । हालसम्म दुर्घटनमा २८८ को ज्यान गइसकेको छ । एक हजारभन्दा धेरै घाइते छन् ।
बिचारणीय बिषय त यो छ की दुर्घटना रोक्न जुन तरिका अपनाएर ‘कवज’को बिकास गरिएको थियो । सोही तवरले ओडिशामा रेल दुर्घटना भयो । जसमा सबैभन्दा पहिले कोरोमंडल एक्सप्रेस रेलले स्टेशनमा रहेको मालबहाक गाडीलाई ठक्कर दियो । त्यसपछि रेलेको १२ डिब्बा लिकबाट बाहिर उछिट्टियो ।
वरिष्ठ पत्रकार तथा लामो अवधिदेखि रेलवेको सम्बन्धमा रिपोर्टिङ गर्ने अरुण दीक्षित भन्छन्,‘रेल मन्त्रीले भनेका थिए की ‘कवच’ कार्यन्वयनपछि चार सय मिटर टाढादेखि रेललाई रोक्न सकिन्छ । अब उनले बताउनुपर्छ की कहाँ गयो त्यो तरिका ? कसरी हुन पुग्यो भयानक दुर्घटना ?’
यस्तै आरोप पूर्व रेल राज्यमन्त्री तथा कांग्रेसका नेता अधीर रंजन चौधरीले लोकसभामा लगाएका छन् । उनले भनेका छन्,‘म सँधै भन्ने गर्छु । जुन ‘इन्फ्रास्ट्रक्चर’ छ, त्यसैमा धेरै ध्यान देन जरुरी छ । रेलवेमा लापरवाही भयो । जसको परिणाम हामी आज भोग्दैछौं ।’
भारतीय रेल विभागका प्रवक्ता अमिताभ शर्माले यो बिषयमा भने,‘ओडिशामा जहाँ रेल दुर्घटना भयो, त्यहाँ ‘कवच’ कार्यन्वयन गरिएको थिएन ।’
यद्यपी भारतीय रेल विभाग दिल्ली–मुंबई तथा दिल्ली–कोलकाता रूटमा रेलको गति बढाउने योजनामा काम गरिरहेको छ । यही रुटमा सबैभन्दा अघि ‘कवच’ कार्यन्वयन गर्ने भनिँदै आइएको छ । रेल दुर्घटनापछि पूर्व रेल मन्त्री तथा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले उक्त रुटमा ‘एन्टी कोलिजन डिभाईस’ प्रयोग गरिएको भए भयानक दुर्घटना टर्ने दाबी गरेकी छिन् ।

Vivo Y28

एंटी कोलिजन डिवाइस
ममता बनर्जीले दाबी गरेकी छिन् उनी रेलमन्त्री हुँदा दुर्घटना रोक्ने उपायमा काम भइरहेको थियो । यद्यपी भारतमा रेल दुर्घटना रोक्ने उपायको खोजी कार्य सन् १९९९ देखि नै सुरु भएको थियो । जुन बेला गैसर रेल दुर्घटना भएको थियो । त्यसबेला अवध–असम एक्सप्रेस र ब्रह्मपुत्र मेल ट्रेन आपसमा ठोक्किएको थियो । दुर्घटनामा तीन सय यात्रुको ज्यान गएको थियो ।
त्यसलगतै भारतीय रेलको गोवास्थित कोंकण रेलवेमा ‘एंटी कोलिजन डिवाइस अर्थात एसीटी तरिका कार्यन्वयनका लागि काम भएको थियो । त्यस बखत रेलमा जीपीएसमा आधारित तरिका प्रयोग गरिएको थियो । जसले एउटै लिकमा गुडिरहेको दुई वटा रेलको जानकारी चालक दललाई पहिले नै दिन सकोस् ।

रेल दुर्घटना रोक्न भएका प्रयास
एंटी कोलिजन डिवाइसमा देखाइएको थियो की कुनै अर्को लिकमा रेल चल्दा समेत चालक दललाई सजिकै सुचना पुग्ने गथ्र्यो । पछि यसलाई अझ बिकसित गरिएको थियो । जसले चालक दललाई भिडियो सन्देश नै उपलब्ध गराउँथ्यो । जसलाई ‘भिजिलेंस कंट्रोल डिवाइस’ नाम दिइएको थियो । उद्येश्य दुर्घटना रोक्नु नै थियो ।
त्यसपछि रेल दुर्घटना रोक्न ‘ट्रेन प्रोटेक्शन वार्निङ सिस्टम(टीपीडब्लूएस) र टीकैस(ट्रेन कोलिजन अवाइडेंस सिस्टम) जडानका बिषयमा बिमर्श भयो । यी प्रणाली बिदेशबाट आयात गरिनु पर्ने भएको हुँदा महंगो पर्ने देखिएको थियो । त्यसो हुँदा भारतीय रेलवेले दुर्घटना रोक्ने उपाय आफै विकसित गरेको थियो । ‘कवज’ आविस्कार त्यसैको सिलसिला थियो । जसलाई पछिल्ला दिन कार्यन्वयनमा ल्याइएको थियो ।
भारतीय रेल विभाग सँधै ‘जिरो टालरेन्स टुवार्डस् एक्सीडेन्ट’को वकालत गर्नेगर्छ । अर्थात कुनै पनि रेल दुर्घटनालाई भारतीय रेल विभाग सहन सक्दैन । प्रत्येक रेलमन्त्रीको भनाई सँधै यस्तै हुनु गर्छ । पछिल्लो १५ वर्षमा दश रेलमन्त्री भए तर, दुर्घटना टर्न सकेन ।
दुर्घटनाका कारण भारतमा पछिल्लो सरकारको रेकर्ड खरब देखिन्छ । वर्तमान सरकारको पालामा पनि धेरै रेल दुर्घटना भए । कतिपय यस्ता रेल दुर्घटना भए जसको कुनै कोणबाट चर्चा हुन सकेनन् ।
अल इंडिया रेलवे मेन्स फेडरेशनका महामन्त्री शिवगोपाल मिश्रा भन्छन्,‘प्रत्येक वर्ष करिब पाँच सय रेलवे कर्मचारी लिकमा काम गर्ने क्रममा मर्ने गर्छ । यति मात्रै होइन मुम्बइमा प्रत्येक दिन लिक पार गर्ने क्रममा सर्वसाधरण मर्ने गर्छन् । रेल वेको प्राथमिकता रेलको गति बढाउने नभई सुरक्षातर्फ केन्द्रीत हुनु पथ्र्यो ।’
वरिष्ठ पत्रकार अरुण दीक्षित भन्छन्,‘रेल वेमा रेल दुर्घटना रोक्ने बिषय दशकौंदेखि उठ्दै आएको छ । तर, हालसम्मक केही प्रगति भएको छैन । यस्तो लाग्छ, कुनै पनि सरकार यस बिषयमा गम्भिर छैन । दुर्घटना रोक्न कुनै पनि सरकार लगानी गर्न चाहँदैन ।’

मोदी सरकारको पालमा भएका रेल दुर्घटना
१३ जनवरी ०२२ ः राजस्थानको बीकानेरबाट असमको गुवाहाटी जाँदै गरेको बीकानेर–गुवाहाटी एक्सप्रेसको १२ डिब्बा लिकबाट उत्रियो । घटना पश्चिम बंगालको जलपाईगुडीमा भएको थियो । दुर्घटनामा ९ यात्रुको मृत्यू भएको थियो ।

१८ अगष्ट ०१७ ः उत्तर प्रदेशको खतौलीमा उत्कल एक्सप्रेस रेलको १४ डिब्बा लिकबाट बाहिर गयो । रेल पुरीबाट हरिद्वार जाँदै थियो । दुर्घटनमा २३ यात्रुको मृत्यू भएको थियो ।

२२ जनवरी ०१७ ः आन्ध्रा प्रदेशको विजयनगरममा जलिमे हिराखण्ड एक्सप्रेस ट्रेनको आठ डिब्बा लिकबाट बाहिर उत्रियो । दुर्घटनामा ४० यात्रुको मृत्यू भयो ।

२० नोमेम्बर ०१६ ः कानपुरको पुखरायामा पटना–इंदौर एक्सप्रेस रेलको १४ डिब्बा पटरीबाट बाहिर निश्कियो । दुर्घटनामा एक सय ५० यात्रुको मृत्यू भयो ।

२० मार्च ०१७ ः देहरादून–वाराणसी जनता एक्सप्रेस पटरीबाट बाहिर गयो । दुर्घटनमा ३५ यात्रुको ज्यान गयो ।

२४ जुलाई ०१४ ः हैदराबादमा रेल फाटकमा रहेको स्कूल बससँग ठक्कर खायो । बसमा रहेका १५ विद्यार्थीको घटनास्थलमै मृत्यू भयो ।

२६ मे ०१४ ः उत्तर प्रदेशको सन्त कबिर नगरमा चुरेब रेलवे स्टेशनमा गोरखधाम एक्सप्रेसको ५ डिब्बाले लिक छाड्यो । रेल मालगाडीमा गएर ठोक्कियो । घटनामा २५ यात्रुको ज्यान गयो ।

बिबिसि हिन्दीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।