२०८१ कार्तिक २५ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । मलेसियाविरूद्धको पाँच खेलको टी-२० सिरिज नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले जितेको छ। आज भएको पाँचौ तथा निर्णायक खेलमा घरेलु टिम मलेसियालाई ३ विकेटले पराजित गर्दै नेपालले सिरिज ३-२ ले आफ्नो पक्षमा पारेको हो। नेपालले २ वर्षपछि जितेको यो पहिलो सिरिज हो । यसअघि सन् २०२१ मा नेपालले कतारविरुद्धको सिरिज जितेको थियो ।

मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले ४ बल खेल्न बाँकी छदा ७ विकेटको क्षतिमा पार गर्‍यो। नेपालका लागि ‌ओपनिङ ब्याटर सीता रानामगरले ३४ रन जोडिन् भने कप्तान रूबिना क्षेत्रले २३ रन गरेकी थिइन् । अप्सरी बेगमले १३ बलमा नटआउट १५ रन जोडे पनि नेपालको जित सम्भव भयो। ज्योती पाण्डेले नटआउट ११ रन जोड्दा नेपालका अरु ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। त्यस्तै बलिङ तर्फ मलेसियाकी एइना हसिमले २ विकेट लिएको थिइन् ।

Vivo Y28

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।