२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा प्रतिनिधि सभामा छलफल गराउन माग गर्दै स्थगन प्रस्ताव दर्ता गराएको छ ।

अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही ( ज्ञानेन्द्र ) तर्फबाट प्रस्ताव पेश गरिएको हो ।
राप्रपाले यी दुई विषयमा छलफल नगरी वैठक सुरु हुन नदिने बताएको छ । उस्ले निर्धारित सबै कार्यक्रम स्थगित गरेर नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा छलफल गराउन स्थगन प्रस्ताव दर्ता गराएको हो ।

Vivo Y28

तर प्रतिनिधि सभाका सभामुखले नियम अनुकूल भए नभएको हेरेर यस्तो प्रस्ताव स्वीकृत वा अस्वीकृत गर्नुपर्ने र त्यस्तो जानकारी प्रस्तावक सदस्यलाई दिनुपर्ने व्यवस्था छ । यस्तै सभामुखले त्यसरी सांसदले उठाएको विषयमा कुनै सदस्य वा मन्त्रीबाट जानकारीसमेत लिन सक्ने व्यवस्था छ।
संसदको बैठक तय भएको दिनको दुई घन्टाअघि संसद सचिवालयलाई यस्तो सूचना दिनुपर्ने प्रावधान प्रतिनिधि सभाको नियमावलीमा व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।