२०८१ कार्तिक २५ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । जिल्ला अदालल काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त विरुद्ध ३१ जेठमा आदेश गर्ने भएको छ । अभियुक्त विरुद्ध अदालतमा आइतवारबाट थुनछेक बहस सुरु भएको छ ।

बहस साता दिनसम्म चल्नेछ । त्यसपछि अदालतले अभियुक्त विरुद्ध आदेश सुनाउनेछ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले दुवै पक्षको बहसका लागि समय व्यवस्थापन गर्न आदेश दिएका छन् । उनले बहस निर्धारित समयभित्रै टुंग्याउन समेत आग्रह गरेका छन् ।

Vivo Y28

अदालतले सरकारी वकिललाई दुईभित्र बसह सक्ने गरी समय दिएको थियो । अभियुक्त टोपबहादुर रायमाझीका कानून व्यवसायीहरुले बहसका लागि पुरै दिन आवश्यक पर्ने भन्दै समय माग गरेका थिए । त्यसपछि सरकारी वकिल, जाहेरीकर्ताका कानून व्यवसायी, आरोपितहरुका कानून व्यवसायीहरुका लागि समय व्यवस्थापन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।