बारा । बारा प्रहरीले साढे १७ हजार केजी अबैध प्याज नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी पथलैया बाट खटिएको विशेष प्रहरी चेकिङ्ग टोलीले जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोक स्थित ना ६ ख २६२५ नं. को ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा अनलाईन बिल गिट्टिको देखाएर प्याज तस्करी गरेको पाइएको छ ।
प्रहरीले चेकजाँच गर्दा ट्रक भित्र १७ हजार ७ सय ३० केजी अवैध प्याज बरामद गरेको छ । उक्त प्याजको बजार मूल्य हाल ९ लाख ३० हजार ८ सय २५ रहेको बारा प्रहरीले जनाएको छ।
भन्सार छली गरेर ल्याएको प्याज र ट्रक नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि राजस्व कार्यालय पथलैया पठाएको प्रहरीले जनाएको छ।