२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौँ । नेपाल प्रहरीले बाँके र चितवनबाट अवैध लागूऔषध सहित तीन जना पक्राउ गरेको छ ।

जसमा बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ३० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ९ ट्याब्लेट सहित सुर्खेत गुर्भाकोट नगरपालिका-१२ बस्ने २५ वर्षीय सन्तोष सुनारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज बाँकेबाट खटिएको संयुक्त टोलीले भारतको रूपडिया बजारबाट नेपालगंजतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

Vivo Y28

त्यस्तै चितवन, भरतपुर महानगरपालिका-७ बुद्दचोक डेरा गरी बस्ने कालिका नगरपालिका-४ पदमपुर घर भएका २६ वर्षीय अनोज स्याङबोको कोठाबाट नियन्त्रित लागूऔषध ट्माडोल २ हजार १ सय २० ट्याब्लेट र एनारगन २ हजार २० ट्याब्लेट सहित भरतपुर महानगरपालिका-४ बस्ने २४ वर्षीय शेखर बहादुर श्रेष्ठ समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अनोजको कोठामा लागूऔषध किनबेच भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  हाल फरार अनोजको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।