२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार वर्तमान सत्तारूढ दलहरूको बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने भएको हो ।

आइतबार साँझ प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका महासचिव शंकर पोखरेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबीच भएको छलफलपछि आज सत्तारुढ दलको बैठक बोलाइएको हो ।

Vivo Y28

सरकार गठन भएको दुई महिना पुग्न लाग्दा पनि सरकारले न्युनतम साझा कार्यक्रम नबनाएको भन्दै आलोचना भइरहेका बेला सत्तारुढ दलहरुले यस छलफलबाट न्युनतम साझा कार्यक्रम बारे निर्णय गर्ने बुझिएको छ । जसअनुसार प्रधानमन्त्री ओली र सभापति देउवाबीच न्यूनतम साझा कार्यक्रम तय गर्न कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, प्रकाशशरण महत, एमालेबाट प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेको कार्यदल बनाउने सहमति भएको बताइएको छ ।

साथै आजको बैठकले आम जनतामा रहेको निराशा चिर्ने र सरकारका कामलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल गर्ने एजेण्डा रहेको छ ।

कांग्रेस र एमालेबीच गत असार १७ गते भएको सात बुँदे सहमति अनुसार असार ३० गते ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।