२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

बारा । बारामा धारिलो हतियार खुर्पा प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । निजगढ नगरपालिका -९ भमरा टोल बस्ने अन्दाजी ४५ वर्षीय बिमल कुमार बस्नेतले घरायसी बिवादको कारण आफ्नै श्रीमती अन्दाजी ४० वर्षीय लक्ष्मी राईको धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

राईलाई खुर्पाले दुबै हात,खुट्टा र घाटी तथा शरीरको विभिन्न भागमा प्रहार गरेको उनले बताए । सामुदायिक प्रसुती गृह अस्पताल निजगढ बारामा लक्षमी राईको उपचारको क्रममा मृत्यु भएको थियोे भने उनको लास पोस्टमार्टमको लागी प्रादेशिक अस्पताल कलैयामा राखिएको छ ।

Vivo Y28

उक्त झगडा छोरीहरुले छुटाउने क्रममा अन्दाजी वर्ष १८ की गंगा राईको बाया हाथमा काटेको अवस्था गम्भिर रहेको र अन्दाजी वर्ष १५ की जमुना राईको बाया हातमा काटेको अवस्था सामान्य रहेको छ भने उनिहरुको सामुदायिक प्रसुती गृह अस्पताल निजगढ बारामा सामान्य उपचार पश्चात थप उपचारको लागी नेशनल मेडिकल क्लेज बिरगजमा पठाईएको प्रवक्ता सापकोटाले जानकारी दिएका छन् ।

धारिलो हतियार खुर्पासहित बिमल कुमार बस्नेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।