काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्दै छ ।
पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा दिउसो २ बजे पत्रकार सम्मेलन हुने कार्यवाहक प्रवक्ता मनिष झाले बताए । पत्रकार सम्मेलनमा अहिलेको समसामयिक विषयबारे जानकारी दिन लागिएको बताइएको छ ।