२०८१ आश्विन ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौँ । शिक्षा दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको उत्कृष्ट क्याम्पस, विद्यालय, विद्याभूषण, प्रविधि विद्याभूषण तथा छात्रापदक पाउनेको नाम घोषणा गरेको छ । भदौ ३१ गते सोमबार बसेको मन्त्रीस्तरीय बैठकले पदक तथा विभूषणको छनोट गरेको हो ।

पदक र पुरस्कार दिने  घोषणा गरे पनि आर्थिक अभाव जनाउँदै पुरस्कार तथा पदक वितरणको भने टुंगो नलागेको मन्त्रालयले जानकारी दिएको छ ।

Vivo Y28

यस वर्ष त्रिभुवन विश्वविद्यालयको सामुदायिकतर्फ ललितपुर, चापागाउँको श्री जनभावना क्याम्पस र निजीतर्फ सोल्टीमोड काठमाडौंको मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइसेन्स उत्कृष्ट ठहरिएका छन् ।

त्यसैगरी पोखरा विश्वविद्यालय मातहतको आंगिक क्याम्पसतर्फको उत्कृष्टमा कास्कीको स्कुल अफ बिजनेस चुनिएको छ । उत्कृष्ट बनेका ३ वटै क्याम्पसलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २ लाख ५० हजार रुपैयाँसहित पुरस्कृत गर्नेछ ।

विद्यालयतर्फ सामुदायिकतर्फ दाङको श्रीमावि तुल्सीपुर सेन्टर र निजीतर्फ काठमाडौं, टोखाको फलोरेसेन्ट मावि उत्कृष्ट हुँदै राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेका छन् ।

देशभरका सार्वजनिक विद्यालयमध्येबाट २०८० को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा दाङ, तुल्सीपुरको श्री मावि तुल्सीपुर सेन्टरलाई उत्कृष्ट ठहर गरिएको मन्त्रालयले बताएको छ  । स्कुलले ३ लाख रुपैयाँ प्राप्त पाउनेछन ।

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त नतिजाकै आधारमा मन्त्रालयलले काठमाडौं विश्वनिकेतन माविलाई द्वितीय घोषणा गरेको छ । उक्त स्कुलले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो स्थानमा आएको दाङकै जनकल्याण माविले ३ लाख रुपैयाँ प्राप्त गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।