काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको आन्दोलन पोखरामा जारी छ ।
कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको पक्षमा र सरकारको विरोध गर्दै सडकमा प्रद्रशनमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।
पोखराको रत्न चोकमा प्रदर्शन गरिरहेका उनीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुज्ञ्ाँस प्रहार गरेको हो ।
केही बेर प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सीसमेत भएको थियो ।