२०८१ आश्विन ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

९ कात्तिक, काठमाडौं । चीनमा बर्डफ्लूबाट संक्रमित हुने मानिसको संख्या बढ्न थालेपछि विज्ञहरु चिन्तित हुन थालेका छन् ।

यो वर्ष चीनमा बर्डफ्लूबाट संक्रमित हुनेको संख्या अघिल्लो वर्षको तुलनामा ह्वात्तै बढेको छ । गत वर्ष केबल पाँच जनामा बर्डफ्लू देखिएको थियो । तर यो वर्ष एच५एन६ नामक बर्डफ्लूको प्रजातिबाट २१ जना संक्रमित भएको छ ।

Vivo Y28

सन् २०१७ को तुलनामा बर्डफ्लूबाट यस वर्ष संक्रमित हुनेको संख्या निकै कम हो । २०१७ मा एच७एन९ नामक बर्डफ्लूको प्रजातिबाट सयौं मानिस संक्रमित भएका थिए । संक्रमितमध्ये कैयौं गम्भीर बिरामी भएका र कम्तिमा ६ जनाको ज्यान गएको थियो ।

तर पछिल्लो संक्रमणलाई लिएर विज्ञहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । बर्डफ्लूको एच५एन६ प्रजाति निकै घातक रहेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका हुन् । हाल फैलिइरहेको प्रजातिले आफैंलाई परिवर्तित गरिरहेको र थप संक्रामक बन्न सक्ने उनीहरुको भनाइ छ ।

‘यो वर्ष चीनमा बढेको मानव संक्रमण चिन्ताको विषय हो’, इरासमस विश्वविद्यालयका प्राध्यापक थिज्स कुकेनले भने, ‘यो यस्तो भाइरस हो जुन निकै घातक छ ।’

चीनमा देखिएका अधिकांश संक्रमण कुखुराको सम्पर्कमा आएर भएको डेली स्टारले जनाएको छ । मानवबाट मानवमा बर्डफ्लू संक्रमण नभएको विश्व स्वास्थ्य संगठनलाई उदृत गर्दै समाचारमा लेखिएको छ ।

जोखिम पहिचान गर्दै संक्रमित हुने मानिसको संख्या बढेको घटनाबारे तत्काल थप अनुसन्धान गर्नुपर्ने संगठनको भनाइ छ ।

एजेन्सीको सहयोगमा Source :- Onlinekhabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।