२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

महोत्तरी : गत कार्तिक ४ गते बिहीबारका दिन संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यलय जनकपुरका निमित प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि भएको अमानवीय दुर्व्यवहार गर्नेलाई कठोर कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो।

एशोसिएनको प्रदेश इन्चार्ज इ.गौरी पण्डित तथा महोत्तरी जिल्ला अध्यक्ष अमितकुमार पाण्डेयको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा यस्ता दुर्व्यवहारका घटना बारम्बार आएता पनि नेपाल सरकार तथा सम्बन्धित निकायबाट दोषीलाई कठोर कारबाही नभएकोले यस्ता घटना दोहर्याउने गरेको उल्लेख रहेको छ। पछिल्लो समय जनमत पार्टीलाई कानुनको कठघरामा ल्याउन अनुरोध गर्दै दोषीमाथि उचित कारवाहीको माग गर्दै आफूहरुले ज्ञापनपत्र बुझाएको नेशनल इन्जिनियर्स एसोसियसन नेपाल (नेअन) प्रदेश इन्चार्ज गौरी पण्डितले बताए।

Vivo Y28

त्यसभन्दा अगाडि एशोसियशनका पदाधिकारीहरु सम्मलित इन्जिनियरको टोलीले नगरपरिक्रमा गरी जिल्ला प्रशासन कार्यालय महोत्तरी अगाडि कोणसभा गरेका थिए। उनीहरुले दोषीलाई कारवाहीको लागि माग गरेका थिए। यता सिके राउतका कार्यकर्ताले चरणवद्ध आन्दोलनको कार्यक्रम गर्दै आएका छन्।

जनकपुरधाम जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै गएको बिहीबार सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरधामका निमित्त प्रमुखलाई कालोमोसो दली, लगाएका लुगा च्यात्दै हातपात गर्दै नगर घुमाएका थिए। Source:- Annapurna

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।