२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

-ekantipur

नेपालगन्ज — तीन महिनादेखिको तलब नपाएको भन्दै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी १० दिनदेखि धर्नामा छन् । उनीहरू गत कात्तिक १ देखि कालोपट्टी बाँधेर अस्पताल परिसरमै धर्नामा बसेका हुन् । जसका कारण अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द छ । लेखा र प्रशासन शाखामा ताल्चा लगाइएको छ ।

कर्मचारी संगठन, कर्मचारी संघ र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले संयुक्त रूपमा धर्ना दिइरहेको आन्दोलन परिचालन समितिका सहसंयोजक कुश्माखर बस्यालले बताए । ‘प्रशासन हाम्रो समस्या सुन्नै तयार छैन,’ उनले भने, ‘अहिलेसम्म दुवै पक्षबीच छलफलसमेत भएको छैन ।’ अस्पतालका १ हजार २ सय स्वास्थ्यकर्मी र कर्मचारीले ३ महिनादेखिको तलब नपाएको उनको दाबी छ ।

आन्दोलनरत पक्षले तलबभत्ता वृद्धि, दरबन्दी सिर्जना, पदपूर्ति र बढुवा, अवकाश, उपदान, बिमा, सामाजिक सुरक्षा कोषलाई व्यवस्थित र प्रभावकारी गराइनुपर्ने लगायत ७ बुँदे माग राखेको छ । तर व्यवस्थापन पक्षले भने कर्मचारीका माग तत्काल पूरा गर्न नसकिने स्पष्ट पारेको छ । अस्पताल उपनिर्देशक डा. दिनेश श्रेष्ठ कर्मचारीका माग जायज भए पनि संस्था घाटामा रहेकाले तत्काल पूरा गर्न सकिने अवस्था नरहेको बताए ।

Vivo Y28

प्रशासकीय कार्यकक्षमा तालाबन्दी गरेका स्वास्थ्यकर्मी र कर्मचारीले गत बुधबारदेखि आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका छन् । सरकारले उपलब्ध गराएको सेवासुविधासमेत अस्पताल प्रशासनले आफैंले राखेर कर्मचारीहरूलाई नदिएको उनीहरूको आरोप छ । अस्पताल निर्देशक डा. सुरेशकुमार कनोडियाले कोरोनाका कारण संस्थाको अवस्थालाई मध्यनजर गर्दै माग सम्बोधन गर्न नसकिने बताए । ‘कोरोनाले सबै क्षेत्रको अवस्था डामाडोल बनाएको छ,’ उनले भने, ‘यस्तो बेला कर्मचारीको सेवासुविधा बढाउने कुरै आउँदैन ।’

-ekantipur

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।