२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौँ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन खुलेको छ । अर्थ मन्त्रालयले गठन गरेको नेप्सेको सीईओ छनोट सिफारिस समितिले शनिबार सूचना जारी गरेको हो ।

 

Vivo Y28

यसअघि अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा सिफारिस समिति गठन भएको थियो । समितिमा अर्थ मन्त्रालयकै सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पूर्व अध्यक्ष जीवनाथ धिताल सदस्य रहेका छन् । खुला प्रतिस्पर्धाबाट नेप्सेको सीईओ नियुक्ति प्रकृया अगाडि बढाएको समितिले जनाएको छ ।

प्रमुख कार्यकारीका लागि अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त, लेखा, व्यवस्थापन वा वाणिज्य कानुन विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरी पुँजीबजार वा उद्योग वा वाणिज्य वा वित्त वा लेखा वा कानुन वा व्यवस्थापन क्षेत्रहरूमध्ये कुनै एक वा एक भन्दा बढी क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ ।

 

आवेदक ३० वर्ष पूरा भई ६० ननाघेको हनु पर्ने छ । छनोट समितिको सिफारिसमा मन्त्रिपरिषद्ले प्रमुख कार्यकारी अधिकृत छनोट गर्ने प्रावधान छ ।

सेबोनका पूर्व अध्यक्ष भिष्मराज ढुंगानाको बर्खास्तीपछि उक्त पद खाली छ । यस्तै, नेप्सेका पूर्वकार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएपछि उक्त पद पनि खाली छ । ढुंगाना र साउद दुवैले सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा संलग्न भएका थिए ।

 

अहिले खाली ती दुवै पदमा नियुक्तिका लागि अर्थ मन्त्रालयले छुट्टाछुट्टै समिति गठन गरेको थियो । दुवै समितिले सम्बन्धित पदका लागि आवेदन आह्वान गरिसकेका छन् । -Kantipur

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।