२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode
काठमाडौं  : सामलिङ पावर कम्पनीको आइपीओ मंगलबार बिहान बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गका अनुसार मंगलबार बिहान ८.३० बजे आइपीओ बाँडफाँट गरिनेछ । यसको प्री–अलोटमेन्ट आइतबार सम्पन्न भइसकेको छ । यसमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट २ करोड ६९ लाख ३३ हजार ५०० कित्ताका लागि आवेदन परेको थियो ।
जुन सर्वसाधारणबाट माग गरिएको भन्दा ३१.६७ गुणा बढी हो । यद्दपि, अन्तिम तथ्यांक भने फरक पर्नसक्छ । सामलिङले कात्तिक ४ गतेदेखि ७ लाख ३० हजार कित्ता आइपीओ जारी गरेको थियो । जसमध्ये २% अर्थात् १४ हजार ६ सय कित्ता कर्मचारी र ५% अर्थात् ३६ हजार ५ सय कित्ता म्युचुअल फन्डको लागि छुट्याएको थियो ।
बाँकी ६ लाख ७८ हजार ९ सय कित्ता सर्वसाधरणका लागि खुला गरिएको थियो । सामलिङ पावरको आइपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्राएनपी डबल बी माइनस रेटिङ्ग दिएको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ । -Nepalipaisa

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।