काठमाडौं । हवाई मार्ग बाट अमेरिका जाने यात्रुहरूले अबदेखि कोभिड–१९ परीक्षण गराउन नपर्ने भएको छ ।
कोभिड-१९ को महामारी घट्दै गएपछि अमेरिकी सरकारले अब कोभिड परिक्षण गरेको पास देखाउनु पर्ने नियम हटाएको हो ।
ह्वाइट हाउसका सहायक प्रेस सेक्रेटरी केभिन मुनोजले ट्विटरमा यसको पुष्टि गरेका हुन् । पयर्टक उद्योगकको चर्को लबिंगपछि सरकार कोभिड परीक्षण गरेको प्रमाण पेस गर्नु नपर्ने निर्णयमा पुगेको हो ।
यसअघि सबै यात्रुहरूले आफ्नो उडानमा चढ्नु अघि वा यात्राअघि कोभिड–१९ परीक्षण नेगेटिभ भएको प्रमाण पेस गर्नु पर्दथ्यो । तर, आइतबारदेखि यो नियम समाप्त हुँदैछ ।