काठमाडौं ।कोरोना भाइरसविरुद्धको करिब थप २३ लाख मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ । ५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि उक्त खोप लगाइने छ ।
कोभ्याक्स सुविधामार्फत २२ लाख ९९ हजार २ सय मात्रा पेडियाट्रिक डोज खोप आइतबार आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाले बताए ।
उनले खोप अभियान सञ्चालन गरिएका २७ जिल्ला पहिलो मात्रा लगाउन छुटेका बालबालिकालाई र अन्य बाकी दोस्रो डोजको लागी उक्त खोप दिइने बताए ।