२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

कर्णाली । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले यहाँका ११० क्यान्सरपीडितलाई यातायात खर्च प्रदान गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८÷७९ मा ती बिररामीलाई जनही रु १० हजारका दरले रु ११ लाख उपलब्ध गराएको हो ।

सुर्खेतमा क्यान्सरको उपचार नहुने र उपचारका लागि बाहिर जानुपर्ने बाध्यता भएका बिरामीलाई थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले उनीहरुलाई यातायात खर्चको व्यवस्थापन गरिएको कार्यालय प्रमुख गणेशभक्त गौतमले जानकारी दिनुभयो ।

Vivo Y28

“क्यान्सरपीडितलाई एकपटक रकम दिने गरेका छौँ”, उहाँले भन्नुभयो, “आर्थिक अवस्था अत्यन्तै कमजोर भएका पीडितलाई भने दोहो¥याएर पनि यातायात खर्च उपलब्ध गरिएको छ ।” त्यस्तै दोहोरिएर आएका क्षयरोगका बिरामीलाई दिएको पोषण तथा यातायात खर्चअन्तर्गत प्रतिव्यक्ति मासिक रु ५०० दरले छ महिनाको रु तीन हजारका दरले रु दुई लाख रकम भुक्तानी भएको कार्यालयले जनाएकोे छ ।
उहाँले भन्नुभयो, “एमडीआर टिबी भएका बिरामीलाई चालु आवमा प्रतिमहिना रु तीन हजारका दरले रु चार लाख रकम भुक्तानी भएको छ । आमा सुरक्षा कार्यक्रमअन्तर्गत आकस्मिक अवस्थाका गर्भवती तथा सुत्केरीलाई एम्बुलेन्समार्फत अस्पताल पु¥याउँदा छ महिलालाई रु ५१ हजार प्रदान उपलब्ध गरेका छौँ ।”

त्यसैगरी महिला स्वास्थ्य स्वयंसेविकाको बिदाइका निम्ति रु दुई लाख ८० हजार खर्च भएको छ । चालु आव २०७८÷७९ मा प्राप्त रु १२ करोड बजेटमा ९५ प्रतिशत भौतिक र ८५ प्रतिशत वित्तीय प्रगति भएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।