काठमाडौं । नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३१७५ जनाको परिक्षण गर्दा २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४५ जना डिस्चार्ज भएका छन् । नेपालमा हाल सक्रिय संक्रमित १ हजार ५ रहेकोे मन्त्रालय ले जनाएको छ ।