काठमाडौं । नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप ३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३८८८ जनाको परिक्षण गर्दा ३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ९५ जना डिस्चार्ज भएका छन् । नेपालमा हाल सक्रिय संक्रमित ३ हजार १ सय ७७ रहेकोे मन्त्रालय ले जनाएको छ । सोही अवधिमा ७८ हजार २ सय २८ जना ले कोरोना विरुद्धको खोप लगाएका छन् ।