काठमाडौं । नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप ६६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४८०० जनाको परिक्षण गर्दा ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ९५ जना डिस्चार्ज र दुई जनाको मृत्यु भएको छ । नेपालमा हाल सक्रिय संक्रमित ३ हजार ५ सय ३४ रहेकोे मन्त्रालय ले जनाएको छ । सोही अवधिमा ६३ हजार ३ सय ७२ जना ले कोरोना विरुद्धको खोप लगाएका छन् ।