काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विश्वकप छनोटको अभ्यास खेल खेल्न भोलि दक्षिण अफ्रिका जाने भएका छन् ।
लामिछानेका वकिलहरूले अदालतलाई अर्को पेशी डेढ महिना पछाडि सार्न निवेदन दिएका थिए । अदालतले उक्त निवेदनलाई स्वीकृत गरेपछि लामिछाने दक्षिण अफ्रिका जाने भएका हुन् ।
जिल्ला अदालत काठमाडौंले आगामी पेशी असार २९ गतेलाई सारेपछि नेपाल क्रिकेट संघले उनलाई उनलाई दक्षिण अफ्रिका पठाउने भएको हो।