२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

रौतहट । रौतहटको कटहरियामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ ।

कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्हरीया सडक खण्डमा गएराती ७ बजे मधेश प्रदेश ०३_०२८ प ४९४१ मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

Vivo Y28

दुर्घटनामा कटहरिया नगरपालिका-९ डुमरियाका  सुकदेव पासवानको छोरा अन्दाजी वर्ष २६ का रामजन्म पासवानको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् ।

तीव्रगतिमा रहेको मोटरसाईकल दुर्घटनामा गम्भीर घाइते भएका पासवानको कटहरियामा उपचार सम्भव नभएपछि  थप उपचारको लागी प्रादेशिक अस्पताल  गौर पठाईएकोमा उपचारकै क्रममा  मृत्यु भएको  ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई शिवशंकर शर्माले बताएका छन्  ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।