काठमाडौं । गुनासो बढे पछी काठमाडौं महानगरले सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ ।
महानगरपालिकाको सहकारी विभागले सूचना जारी गर्दै साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गरेको हो । महानगरका प्रमुख बालेन शाहले समेत सामाजिक संजाल फेसबुकमा लेख्दै ३० दिन भित्र पेश गर्न निर्देश गरेका छन् ।
पछिल्लो समय सहकरीमा संकट सिर्जना भएको बेला महानगर क्षेत्रका केही सहकारीले पनि साधारणसभाको जनाकारी नगराएको र लेखापरीक्षण प्रतिवेदन पनि पेश नगरेको विभागले जनाएको छ ।