काठमाडौँ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले तुलसी गबार्डलाई राष्ट्रिय गुप्तचर विभागको निर्देशकमा नियुक्त गरेका छन । पूर्वसांसद समेत रहेकी गबार्डलाई ट्रम्पले विभागको निर्देशकमा नियुक्त गरेका हुन्।
निर्देशक भए पछि गबार्डले ट्रम्पलाई धन्यवाद दिंदै सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘अमेरिकी जनताको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न तपाईँको मन्त्रिपरिषद्को सदस्यको रूपमा सेवा गर्ने अवसरको लागि डोनाल्ड ट्रम्पलाई धन्यवाद । म तपाईंसँग काम गर्न तत्पर छु।’