काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रतनिधिसभाबाट बहुमतले पारित भएको छ ।
२५५ सांसद उपस्थित रहेकोमा बजेटको पक्षमा १४७ सांसद्ले मत दिएका थिए भने विपक्षमा १०८ सांसदले मत दिएका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजन मागेपछि बजेट पारितका लागि मतदान भएको थियो ।